चार दिनदेखि आयात निर्यात ठप्प


 


रसुवा, माघ ६

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ भन्दा केही तल पर्ने मुलाडाँडामा सुख्खा पहिरो गएपछि आयात निर्यात ठप्प भएको छ ।
तीन दिन अघि गएको पहिरो पन्छाउने कार्य नहुँदा आयात निर्यात रोकिएको हो । ल्होसारको कारण काम गर्ने मान्छे नभएको कारण बाटो खुल्न नसकेको त्यहाँ रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए ।
सिल लागेका गाडीले बाटो जाम गरेका छन् । सोमबार करिब ६० वटा गाडीमा सिल लागेको छ । चालक सबिन न्यौपानेले सोमबार बिहान चारचार दिनअघि सिल लगाएको गाडी लगेका थिए । तर बाटो नखुल्ने भन्दै चिनियाँ पक्षले फिर्ता गरेको थियो ।

सोमबार बाटो खुल्ने सम्भावना नरहेको उनले बताए । ुचार दिनअघि सिल लागेका गाडी समेत आउन सकेको छैन, उनले भने, ुसोमबार बिहानबाट मान्छे समेत हिँड्न दिएको छैन ।ु

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्