अझै बढ्यो सुनको मूल्य


 



काठमाडौं, माघ ७
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्