सुनचाँदीको मूल्य घट्यो


 



काठमाडौं, माघ ८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ८० मा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्