आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


 



काठमाडौं, माघ ९
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ पुगेको छ । सुन हिजो मात्रै अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ घट्दै ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला अठ सय ८५ रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्