सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, माघ १०
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्