कतारपछि धेरै रेमिट्यान्स भारतबाट



काठमाडौं, माघ १३
भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै सेवा प्रदान गर्दै आएका छन्, जसको फलस्वरूप पछिल्लो समय कुल विप्रेषण आप्रवाहमा भारतको अंश पनि बढ्दै गएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७५र७६ मा भारतबाट रू। १ खर्ब २८ अर्ब विप्रेषण नेपाल भित्रिएको छ, जुन कुल विपे्रषण आप्रवाहको १४ दशमलव ६२ प्रतिशत अंश हो । गत आवमा रू। नेपालमा ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । आव २०७४र७५ मा कुल विप्रेषण आप्रवाहमा भारतको १३ दशमलव ३८ प्रतिशत अंश थियो ।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनअनुसार चालू आवको पहिलो चौमासमा नेपालमा विप्रेषण पठाउने मुलुकमध्ये भारत दोस्रो स्थानमा छ । पहिलो चौमासमा भारतबाट रू। ४३ अर्ब १६ करोड नेपाल भित्रिएको छ, जुन समीक्षा अवधिमा भित्रिएको कुल विप्रेषणको १४ दशमलव २ प्रतिशत अंश हो ।

पहिलो स्थानमा रहेको कतारदेखि भने पहिलो चौमासमा रू। ५३ अर्ब ९३ करोड आएको छ । कुल विप्रेषणमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत छ । तथ्यांकअनुुसार कुल विप्रेषणमध्ये खाडी मुलुकहरूको अंश ५० दशमलव ३ प्रतिशत छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News