सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घट्यो


 



काठमाडौं, माघ २२
नेपाली बजारमा आज सुन तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्