नेकपा सांसदहरु भन्छन्ः काँग्रेस भ्रष्टाचारी जोगाउन लाग्यो



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भ्रष्टाचारको पक्षमा उभिएको जिकिर गरेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिशोधका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्ना उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै विरोधमा उत्रिएका बेला सत्तपक्ष सांसदले भने काँग्रेस भ्रष्टाचारको पक्षमा लागेको आरोप लगाएका हुन् । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गर्दा प्रतिपक्षी दल काँग्रेसले विरोध गरेको टिप्पणी गरे ।

बिहीबारको बैठकमा उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न आक्रामक अरुमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गरे । सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल महाचिव विष्णु पौडेल लगायतविरुद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदारविरुद्ध मुद्धा दायर हुनु बदनीयतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘भ्रष्टाचार व्याप्त गराए । बडो खुसी मनाए व्याप्त छ भनुन्जेल । जटिल बनाएर राखे भ्रष्टाचारलाई । यस्तो जटिल बनाए कसैले पनि त्यहाँ गएर एक्सन गर्नै नसक्ने भए । त्यस्तो बनाउँदा खुसी भएर हाँसे । विगतदेखि यस्तै यस्तै भयो । वर्तमान ओली नेतृत्वको नेपाल सरकारले त्भित्रभित्रै ब्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आयो । यसमा त सबैजना खुसी हुनुपर्ने हो नी । वाह वाह गजब गर्यो भन्नुपर्ने हो नि ।’’

‘सुन तस्करी गरे । सुन चोरेर ल्याए । मस्त सँग चोरे । चोर्नेको कुरा एउटा विचराले देख्यो । त्यसलाई पनि गोली हानेर मारे । अनि त्यो मुद्दा मारेर क्या मजासँग गद्गद् हाँसेर बसे । यही सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो । समात्यो, पक्राउ ग-यो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खोइ ठूलो माछा भनेर उफ्रिन्छ । फेरि त्यसलाई कत्रो ठूलो माछा चाहिएको रहेछ । यो पनि बुझ्न सकिएन्’, उनले भने ।

न्यायाधीहरुलाई कारवाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्दै उनले अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्धा दायर भएको बताए ।

‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ,’’, उनले भने, ‘‘यो सरकारले गजब ग¥यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र रु एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानोलाई किन नगरेको मेरो मान्छेलाई किन ग-या त्यो अर्कोलाई किन नगर्या भन्छ ।’’

उनले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामलाई अपराध मान्न नसकिने भन्दै आफ्ना पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News