पाम आयालको निर्यात खुल्यो



काठमाडौं, माघ २६

नेपाली पाम आयलमा लागेको भारतीय प्रतिबन्ध खुलेको छ ।

गत पुसमा मूल्य अभिवृद्धिलाई कारण देखाउँदै आयात रोकेको भारतले पुनः पाम आयलको निर्यात खुल्ला गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै भारतीय वाणिज्य संघले यसअघि रोक्का गरिएको पाम आयलको आयात खुल्ला गरेको जनाएको छ । तर, अब हुने सम्पूर्ण आयातमा आयातकर्ताले अनिवार्य लाइसेन्स अनुमतिपत्र दिनुपर्ने भएको छ ।

पाम आयलको निर्यातमा भारत लचक भएपनि लाइसेन्सको व्यवस्थाले केही निर्यात परिणाम घट्ने देखिएको छ । तर, यसले नेपाललाई खासै फरक नपार्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव नवराज ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News