सुनको मूल्य घट्यो, चाँदी स्थीर


 



काठमाडौं, माघ २८
बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ९ सयमा झरेको छ । सुन हिजो प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थीर छ । आज पनि चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्