सुनचाँदीको मूल्य आजपनि घट्याे


 


काठमाडौं,माघ २९

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७५ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ७५ हजार ९ सयमा करोबार भएको थियो ।

त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँँ घट्दै प्रतितोला आठ सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ८० रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्