अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण


 


nepali-judo-player-at-austerlia-19927

काठमाडौँ,  भदौ २६  अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् ।

बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो ।

भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका बमले ६० केजी मुनिको तौल समूहमा भने रजतमा चित्त बुझाए । कुल नौ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा बम फाइनलमा ब्रायन जोलीसँग पराजित भए । सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली खेलाडी खेमबहादुर थापाले कास्य जिते ।

बम र थापाले अर्को साता अस्ट्रेलियामै हुने दक्षिण अस्ट्रेलियाली अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसीपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्