उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा



विराटनगर , फागुन १
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज विराटनगरमा आयोजित कार्यक्रममा प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको हो । हाम्रो अभियान सक्षम नेतृत्व , सशक्त महासंघ भन्ने नारासहित प्रधानको उम्मेदवारी घोषणा भएको हो ।
प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छाको समर्थन छ । त्यस्तै, पुर्व अध्यक्षहरु बिनोद श्रेष्ठ , कुशकुमार जोशी, पशुपति मुरारका लगायतको साथ छ ।

त्यस्तै पुर्व अध्यक्ष चन्डीराज ढकाल समुहबाट वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालको उम्मेदवारी पर्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News