कति छ आज सुनचाँदीको मूल्य


 



काठमाडौं, फागुन २
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटबढ भएको छैन । सुन आज पनि प्रतितोला ७६ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदी पनि आज प्रतितोला आठ सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्