सुनको मूल्य बढ्यो


 



काठमाडौं, फागुन ४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो । सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार पाँच सय पुगेको छ। सुन शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ ८५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्