सुनको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, फागुन ६
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । आज पनि चाँदी प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्