सेयर बजार ५.२४ अङ्‌कले बढ्यो


 


काठमाडौं, फागुन ७
आज साताको चौथो दिन बुधबार पुँजी बजार मापक नेप्से ५.२४ अङ्‌कले बढेको छ। नेप्से बढेर १४०५.२५ अङ्‌कमा पुगेको छ।
आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी १०४.३९ अङ्‌कले बढ्न पुग्यो। साथै, उत्पादन तथा प्रशोधन कम्पनी समूहको सूचक पनि ९४.७१ अङ्‌कले उकालो लाग्यो। यसैगरी, अन्य समूहको सूचक पनि ४.५६ अङ्‌कले, जलविद्युत् समूहको सूचक ४.८१ अङ्‌कले, विकास बैंक समूहको सूचक ५.५२ अङ्‌कले र टेड्रिङ समूहको सूचक ८.२९ अङ्‌कले बढ्न पुग्यो।

उक्त दिन १२ वटा समूहका सूचकमध्ये ६ समूहको बढेको छ भने ६ समूहको सूचक घटेको छ। आज सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको सूचक ५२.७८ अङ्‌कले घट्न पुग्यो। बैंक समूहको सूचक ३.७५ अङ्‌कले, होटल समूहको सूचक ०.२७ अङ्‌कले, फाइनान्स समूहको सूचक ३.२७ अङ्‌कले, जीवन बिमा कम्पनी समूहको सूचक १९.४२ अङ्‌कले र म्युचुअल फन्डको सूचक झिनो अङ्‌कले घटेका छन्।

हिजो मङ्‌गलबार भन्दा आज कम रकमको सेयर किनबेच भएको छ। हिजो २ अर्ब १२ करोड ५९ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो भने आज १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ।
उक्त दिन शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी १४ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार हिमालयन डिस्टिलरीको सेयर भएको छ। उक्त कम्पनीको १२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
तेस्रो बढी कारोबार हुनेमा ग्रामीण विकास लघुवित्तको सेयर रहेको छ। उक्त लघुवित्तको ६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्