नेप्से निरन्तर ओरालो


 


काठमाडौं, फागुन २१

बुधबार सेयर बजार राताम्मे देखिएको छ ।

कारोबार खुलेको केहि मिनेटमै ओरालो लाग्न शुरु भएको नेप्से परिसूचक यस समाचार तयार पार्दासम्म ६७ अंक भन्दा माथिले ओरालो झरेको छ ।

कारोबार रकममा पनि खासै उल्लास छैन । १ बजेर २५ मिनेट जाँँँदा सम्म कारोबार रकम १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बुधबार सबैभन्दा धेरै माइक्रोफाइनासका लगानीकर्ताहरुले गुमाएका छन् । दोस्रो धेरै गुमाउनेमा निर्जिवन बीमा उपसमूह देखिएको छ ।

नेप्सेमा सूचीकृत ११ वटा उपसमूहहरु मध्ये माइक्रोफाइनान्स उपसमूह सबैभन्दा धेरै अर्थात ६.४९ प्रतिशतले र त्यसपछि निर्जिवन बीमा उपसमूह ६.४६ प्रतिशतले ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै माइक्रोफाइनान्सले बाड्ने लाभांशमा कडाई गरेको छ । यसको प्रभाव स्वरुप माइक्रोफाइनान्सको सेयर मूल्य घटिरहेको हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्