कोरोना त्रासले नेपालमा ३२१.७ मिलियन डलर आर्थिक क्षति हुने अनुमान


 


काठमाडौं फागुन २३

एशियाली विकास बैंकले कोरोना आतंकका कारण नेपालको अर्थतन्त्रमा पन गम्भीर असर पुग्ने प्रक्षेपण गरेको छ ।

ंकोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक एडीबीले गरेको छ ।

प्रारम्भिक आंकडा अनुसार नै विश्वमा कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ । त्यसमधये नेपालको हकमा कूल गार्हस्थ उत्पादन जीडीपीको ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रक्षेपण एडीबीले गरेको छ ।

यद्यपी यो प्रारम्भिक अनुमान हो । कोरोनाको प्रभाव अझ विस्तार हुने क्रममा रहेका कारण विश्वभर नै यसले ठूलो आर्थिक क्षति निम्त्याउने अनुमान छ । कोरोनाको प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति नेपालमा हुने अनुमान छ । यसको मतलव ३२१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुनेछ ।

कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव ३६.७८ मिलियन अमेरिकी डलर बराबरको क्षति हुने आंकलन गरिएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्