लामाको मृत्यु प्रकरण: सभामुख सापकोटा संलग्नता छ की छैन, लिखित जवाफ पेश


 


काठमाडौं, फागुन २९
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् ।

लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिएकी थिइन्। सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्