धनगढीको त्रिनगर भन्सार नाकामै निगरानी कक्ष स्थापना


 



धनगढी, चैत ५
कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगर भन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो ।

कोरोना भाइरसको सर्तकता अपनाउने क्रममा धनगढीको त्रिनगर भन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ। धनगढी उप–महानगरपालिकाले स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरेको हो। ‘अहिले तीन शैया राखेका छौं,’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘आवश्यकता अनुसार शैयाहरु थप गर्ने योजना बनाएका छौँ। निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरिएको छ।’

‘निगरानी कक्षको अगाडी अत्याधुनीक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।’ नगरप्रमुख वडले भने। निगरानी कक्ष नेपाल भारत सिमानामा त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ। त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गते देखि नै भन्सारनाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेको छ।

कोरोना भाईरस सतर्कता अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ। बैठकले धनगढी बजारका मुख्य चौकहरुमा हातधुने ब्यबस्था मिलाउने, कोरोनाबाट बच्न सकिने बिषयमा प्रचारप्रशार गर्ने, बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ। बैकर्स क्लव कैलालीका अध्यक्ष धर्म बिष्टले कोरोना अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए।  

यस्तै धनगढीमा रहेको वालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गामन हस्तान्तरण गरेको छ। बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना वर्नवाल र दिपेन्द्र प्रसाद तिवारीले गामन हस्तान्तरण गरेका हुन। 

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्