४५ वर्षयताकै उच्च प्रि–मनसुन वर्षा



काठमाडौँ, ४ असार नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन भएको छ, जुन औसतभन्दा १४५.५ प्रतिशत बढी हो।

मौसमविद् सञ्जिव अधिकारीले पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायुको सक्रियता र अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्यधिक वर्षा भएको बताए।

विभागका अनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा उच्च रेकर्ड हो। यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भएको थियो।

विभागले औसतभन्दा धेरै वर्षा हुनु जलवायु प्रणालीमा आएको परिवर्तनको सङ्केत हुन सक्ने जनाएको छ। यस अवधिमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको विभागको भनाइ छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्