डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या


 


डडेल्धुरा,चैत्र ६

डडेल्धुरामा ग्याबिन तारले पासो लगाएर आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको भेटिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको भेटिएको हो ।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साता अगाडि सामूहिक रूपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पाँच वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईको बङ्गारा भेटिएको छ भने दुई ग्याविन तार खाली भेटिएका छन् । स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्