त्रिविका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा पनि स्थगित


 


काठमाडौँ, चैत ६
चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा १७३ देशमा परेको छ। कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ ।

साेही संक्रमणलाई मुलुकमा फैलिन नदिन नेपाल सरकारले आज चैत ६ गते बिहीबार बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ। त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको हाे ।

बिहीबारका सबै परीक्षा सञ्चालन गरेपनि शुक्रबारदेखि भने त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण वार्षिक परीक्षा स्थगित गरेकाे छ। परीक्षा नियन्त्रक कार्यालयका प्रमुख निरीक्षक पुष्पराज जोशीले चैत महिनाभित्र सन्चालन हुने सबै संकायका वार्षिक परीक्षा स्थगित भएको जानकारी दिए । उनले भने, ‘कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै वार्षिकरुपमा हुने परीक्षा रोकेका हौं ।’

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाहरु पनि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिविले यसअघि नै वार्षिक परीक्षाहरु स्थगित गरिसकेको छ। ‘त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार हाललाई सम्पूर्ण पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णयानुसार यस व्यवस्थापन संकाय त्रिविअन्तर्गत संञ्चालन भइरहेको स्नात्तकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सम्पूर्ण परीक्षाहरु चैत ७ देखि लागू हुनेगरी अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको,’ जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्