काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का


 


काठमाडौँ , चैत्र ७

काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ ।

यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्