आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


 


काठमाण्डौँ ,चैत्र ८

हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने र पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका १र२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्