नेयमार र मार्टिनेजमा बार्सिलोनाको नजर


 


बार्सिलोना, चैत ८ एजेन्सी

स्पेनिस क्लब बार्सिलोनाले आउदो समर सिजनमा टोलीमा पुरै परिवर्तन गर्ने योजना बनाएको छ ।

यो सिजन स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेपनि बार्सिलोनाको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन ।

त्यसैले पनि बार्सिलोनाले अर्को सिजनको लागि टोली बलियो बनाउन व्यापक परिवर्तन गर्ने तयारी गरिरहेको हो । स्पेनिस पत्रिका मुन्डो डिर्पोटिभोका अनुसार यसपटक बार्सिलोनाले ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमार र अर्जेन्टिना तथा इन्टर मिलानका लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्न प्राथमिकतामा राखेको छ ।

नेयमार र मार्टिनेज अनुबन्धको लागि बार्सिलोनाले औसमाने डेम्वेले र फिलिपे कौटिन्होलाई बेच्न सक्ने स्पेनिस पत्रिका मुन्डो डिर्पोटिभोले उल्लेख गरेको छ । पीएसजीले केलियन एमबाप्पेलाई प्राथमिकतामा राख्दै नेयमारलाई बेच्ने बताइसकेको छ । यसका लागि पीएसजीले बार्सिलोनाका इभान राकिटिच र आर्टुरो भिडाललाई अनुबन्ध गर्न सक्नेछ । यस्तै इन्टर मिलानले मार्टिनेज र रोमेलु लुकाकुलाई प्राथमिकतामा राखेको छ । यि दुईको जोडी इन्टर मिलानमा खुवै जमेको छ ।

मार्टिनेजले चाहेको अवस्थामा उनी आफ्ना अर्जेन्टिनी सहयात्री लियोनेल मेस्सीसँग क्लब फुटबल खेल्न पाउन सक्नेछन् । इन्टर मिलानका प्रशिक्षक एन्टेनियो कोन्टेले बार्सिलोना आर्टुरो भिडाल र इभान राकिटिचलाई मन पराउने भएकाले मार्टिनेजलाई बार्सिलोना पठाउन सक्नेछन् । बार्सिलोनाले यसै समरमा नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्