कैलालीमा विस्फोटक पदार्थ पट्कीदा एक जनाको मृत्यु


 



धनगढी ,चैत्र ९

कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका ४ का नर बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्