आफ्ना संरचनामा क्वारेन्टाइन राख्न एन्फाको प्रस्ताव



काठमाडौं, चैत ९

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ ।

कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सकिने जनाएको छ ।

त्यस्तै एन्फाले मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News