कञ्चनपुरको गड्डाचौकी नाका अनिश्चितकालका बन्द हुने


 


कञ्चनपुर,चैत्र ९


कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको सो नाकालाई अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको बताए ।

प्रशासनले आईतवार राती १२ बजे पछि लागु हुने गरी भीमदत नगर पालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात,सम्पुर्ण बजार,पसल,ब्यवसाय, उद्योगग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्