कैलालीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


 


धनगढी,चैत्र १०

कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । जिल्लाको लम्कीचुहा नगरपालीमा श्रीमानले आफ्नौ श्रीमतीको टाउकोमा हतौडा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्वर ९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीय श्रीमती धारुदेवी धामीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

शनिबार श्रीमानको हतौडा प्रहारबाट घाईते भएकी धारुदेवीको आईतबार कोहलपुर अस्पतालमा उपचार क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेका अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्