विराटनगर भोलिदेखि लक डाउन हुने


 


विराटनगर,चैत्र १०

बिश्वभर फैलिएको कोरोना भाईरसलाई मध्यनजर गरि विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।

लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उनीहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्