भारतबाट आएका डोटीका एक जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो


 


डोटी चैत १२

नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवा मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए। उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्