धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकललाई २० हजार जरिवाना


 


धनगढी, चैत १२

धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकल हललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ ।

अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वे्दिक मेडिकल हललाई २० हजार जरिवाना गरिएको छ। यस्तै मेडिकलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ख बमोजिम कसुर गरेको पाइएको हो ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना रकम पेस गर्न अनुरोध गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए । यदि सोही अवधिमा जरिवाना बुझाउन अटेर गरे आवश्यक कारबाही हुने उनले बताए ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्