भैरहवामा कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापना हुने


 


काठमाण्डौँ,चैत १३

रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ । प्रदेश ५ ले भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन थालिएको जनाएको छ ।

प्रदेशमा कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला नहुँदा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने बाध्यता छ । देशभरिका नमूना परीक्षण गर्नुपर्दा रिपोर्ट आउन झण्डै एकहप्ता लाग्ने र बिरामीको उपचार प्रभावित भएको छ ।

सरकारले भैरहवाको भीम अस्पतालको एउटा ब्लकलाई कोरोना उपचार केन्द्रको रुपमा स्थापना गर्न लागेका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ३० बेडको ब्लकमा कोभिड–१९‘पोजिटिभ’ का बिरामीलाई मात्र उपचार गर्ने गरी काम भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्