कोरोना भाइरस रोकथामका लागि धनगढीमा किटनाशक औषधि छर्किदै


 


धनगढी, चैत १३

बिश्वभर फैलिएको कोरोना भाईरसलाई कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि धनगढी उपमहानगरमा किटनाशक औषधि छर्किने काम सुरु गरिएको छ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माका अनुसार उपमहानगरपालिकाले बजारको मुख्य सडकलगायतका ठाउँमा किटनाशक झोल औषधि छर्किन सुरु गरेको बताए ।

उनले धनगढी उपमहानगरपालिकाले आफ्नै पहलमा सडकमा औषधि छर्ने काम गरिरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्