कैलालीमा पत्रकारलाई उच्च सुरक्षा सतर्कता अप्नाउन अनुरोध


 


धनगढी,चैत १४

नेपाल पत्रकार महासंघ कैलाली शाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन आमपत्रकारलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष जगत साउँदले आज एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनभन्दा महत्वपूर्ण सञ्चारकर्मीको स्वास्थ्य र सुरक्षा भएकोले जोखिम मोलेर समाचार संकलनमा नजान आग्रह गरेका छन् ।

पत्रकारको स्वास्थ्य र सुरक्षाप्रति बिशेष ध्यान दिन र स्वयम उच्च सावधानी अपनाउन महासंघ सम्पूर्ण मिडिया हाउस र पत्रकार मित्रलाई अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ, सरकारले कोरोना संक्रमण रोकथामका लागी अबलम्वन गरेको लकडाउनमा सहयोग पुर्याउनु आमपत्रकारको दायित्व अझ बढी हुन जान्छ भन्ने महासंघको ठहर छ ।

फिल्ड रिपोर्टिङमा जादा समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न र आवश्यकता परेमा पत्रकार महासंघसंग समन्वय गर्न समेत अध्यक्ष साउँदले आग्रह गरेका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्