बैतडीमा आईसोलेसनमा राखिएका एक जनाको थ्रोट स्वाव रिपोर्ट आयो


 


बैतडी,चैत १५

कोरोना आशंका गरेर प्रयोगशाला पठाइएका बैतडीका एक जनाको नमूना परीक्षण गर्दा नेगेटिभ आएको छ । दशरथचन्द नगरपालिका ७ दुर्गास्थानका ५८ वर्षीया घुुम्रा लुहारको नाक र घाँटीको ¥याल (थ्रोट स्वाव)परीक्षण गर्दा नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।

लुहारको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा नेगेटिभ देखिएको हो । उनको स्वाव बुधबार टेकु पठाइएको थियो । ज्वरोसँगै, खोकी, र श्वासप्रश्वासको समस्या देखिएपछि चेकजाँच गर्दा घुम्रालाई १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेको थियो । रिपोर्ट नेगेटिभ आएसँगै लुहारलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ ।

बैतडीको पुर्चौडीका ४५ वर्षीय ती व्यक्तिको जगन्नाथ बहुमुखी क्याम्पसमा स्थापना गरिएको आइसोलेसनमा उपचार भइरहेको छ ।

भारतवाट आएका ती व्यक्तिको मंगलबार चेकजाँच गर्दा १००.८ डिग्री फरेनहाइट ज्वरो देखा परेको थियो । ती व्यक्तिको रिपोर्ट एकदुई दिनमा आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्