प्रदेश १ सरकारले सुरु ग¥यो समस्यामा परेका श्रमिकको तथ्याङ्क संकलन


 


काठमाण्डौँ, चैत १५

प्रदेश १ सरकारले लकडाउनका कारण रोजीरोटीको समस्यामा परेका श्रमिकको तथ्याङ्क संकलन सुरु गरेको छ ।

प्रदेश १ का सबै जिल्लामा रहेका दिनमा श्रम गर्ने र दैनिकी चलाउने मजदुरको दुई दिनमा तथ्याङ्क संकलन गरेर राहत प्याकेज ल्याउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

शनिबार मुख्यमन्त्री राईले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला निकायसँग छलफलसमेत गरेका थिए ।

सोही छलफलबाट श्रमिकको तथ्याङ्क संकलन गरी सोही आधारमा राहत प्याकेज ल्याउने तयारी भएको मुख्यमन्त्री शेरधन राईले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा बोलाइएको सर्वपक्षीय बैठकमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आपूर्ति सहज बनाउने विषयमा पनि छलफल भएको थियो ।

बजारमा देखिएको कालोबजारी नियान्त्रण र आपुर्ती असहजलाई सहज बनाउन मुख्यमन्त्री राईले सम्बन्धित कार्यालय र उद्योगीलाई निर्देशन दिए ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्