क्वारेन्टाइनमा बस्नेले कुटे वडाध्यक्ष



बैतडी,चैत १७

बैतडीको पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट हो। वडाध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुुन्। उनको अवस्था सामान्य रहेको छ। ‘कुटपिट गर्ने बडुलाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘मदिरा सेवन गरेर कुटपिट गरेको भन्ने खुल्न आएको छ।’

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News