यी हुन् सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी


 


काठमाडौं, चैत १९ एजेन्सी

प्रत्येक समर्थकलाई आफ्नो टोलीको ब्याट्सम्यानले छक्का र चौका प्रहार गरोस भन्ने हुन्छ । चौका(छक्का प्रहार, विकेट लिएपछि सेलेब्रेसन र जितनै क्रिकेटमा समर्थक पाइने मनोरञ्जन, हर्ष र खुसीका आधार हुन् ।

क्रिकेट नै चौका छक्काको खेल हो । छक्का प्रहार गर्दा दबाब हट्नुको साथै विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । टि२० मा चौका र छक्का विना खेल रोमाञ्चक हुँदैन । जति धेरै चौका र छक्काको वर्षा हुन्छ खेल त्यतिनै रोमाञ्चक बन्छ ।

छक्काले खेलको माहोल नै एकै ओभरमा परिवर्तन गर्छ । टि२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने विश्फोटक ब्याट्सम्यानको सुचिमा शीर्ष १० मध्ये अष्टेलियाका ४ छन् । टि२० सर्वाधिक छक्का प्रहार गर्ने विश्वका १० विष्फोटक ब्याट्सम्यान यस प्रकार छन् ।
ग्लेन म्याक्सवेल अष्ट्रेलिया

अष्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेल चलेको खण्डमा उनलाई रोक्न विश्वका सबै बलरलाई कठिन पर्दछ । मैदानमा छक्काको वर्षा गराउने गर्दछन् । ५४ टि२० आई इनिङमा म्याक्सवेलले १५ सय ७६ रन जोडेका छन् । जसमा ८१ छक्का सामेल छ ।

९. शेन वाटसन अष्ट्रेलिया

अष्ट्रेलियाका पुर्व ओपनर शेन वाटसनले ५६ टि२० आई इनिङमा कुल ८३ छक्का प्रहार गरेका छन् । २०१६ मा सन्न्यास लिनु अघि वाटसनले ५६ टि२० आई इनिङमा १ शतक र १० अर्ध शतक सहित कुल १४ सय ६२ रन बनाएका थिए ।

८. डेविड वार्नर अष्ट्रेलिया

अष्ट्रेलियाका अर्का ओपनर डेविड वार्नर पनि छक्का प्रहार गर्न सिपालु छन् । वार्नरले ७९ इनिङमा ८९ छक्का प्रहार गरेका छन् । उनले १ शतक र १७ अर्ध शतक सहित कुल २२ सय ७ रन जोडेका छन् ।

७. ब्रेन्डन म्याकुलम न्युजिल्यान्ड

न्युजिल्यान्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले सन् २०१५ मा सन्न्यास लिएका थिए । म्याकुलमले ७० इनिङमा २ शतक र १३ अर्ध शतक सहित कुल २१ सय ४० रन जोडेका छन् । जसमा ९१ छक्का हिर्काएका छन् ।

६. आरोन फिन्च अष्ट्रेलिया
अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ६१ इनिङमा ९२ छक्का प्रहार गरेका छन् । फिन्चले २ शतक र १२ अर्ध शतक सहित फिन्चले १९ सय ८९ रन बनाएका छन् । फिन्चले सन् २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन जोड्दै टि२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका थिए ।

५. ओइन मोर्गन इंग्ल्यान्ड

इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान तथा कप्तान ओइन मोर्गन पनि विश्फोटक ब्याट्सम्यान हुन् । स्पिनरमाथि हाबी हुने मोर्गनले ८७ टि२० आई इनिङमा १ सय ५ छक्का प्रहार गरेका छन् । मोर्गनले १३ अर्ध शतक सहित कुल २१ सय ३८ रन बनाएका छन् ।

४ क्रिस गेल वेस्ट इन्डिज

टि२० क्रिकेटलाई आक्रामक बनाउने खेलाडी नै वेस्ट इन्डिजका ओपनर क्रिस गेल हुन् । पछिल्लो समय ढल्किदो उमेरको कारण उनको ब्याटबाट छक्का कम निस्किन थालेको छ । तर गेलले लामो समय सम्म टि२० मा छक्काको वर्षानै गराए । सिधा सिधा सजिलै छक्का प्रहार गर्ने गेलले ५४ टि२० आई इनिङमा कुल १ सय ५ छक्का हिर्काएका छन् ।

गेलले २ शतक र १३ अर्ध शतक सहित १६ सय २७ रन जोडेका छन् । कुनै समय गेललाई रोक्न विश्वका सबै बलरलाई कठिन पर्ने गर्दथ्यो । विश्वका सबै फ्रेन्चाइज लिगमा गेल हाबी हुँदै आएका छन् ।

३् कोलिन मुनरो न्युजिल्यान्ड

न्युजिल्यान्डका ओपनर कोलिन मुनरो विश्फोटक सुरुवात दिलाउने गर्दछन् । टि२० विशेष ब्याट्सम्यान मुनरोले ६२ इनिङमा ३ शतक र ११ अर्ध शतक सहित कुल १७ सय २४ रन बनाएका छन् । मुनरोले १ सय ७ छक्का प्रहार गरेका छन् ।

२् मार्टिन गुप्टिल न्युजिल्यान्ड

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल टि२० आईमा सर्वाधिक छक्का प्रहार दोस्रो खेलाडी पर्दछन् । विश्फोटक ब्याटिङका लागि परिचित गुप्टिलले ८५ टि२० आई इनिङमा कुल १ सय १९ छक्का प्रहार गरेका छन् । जसमा २ शतक र १५ अर्ध शतक सहित २५ सय ३६ रन बनाएका छन् ।

१् रोहित शर्मा भारत

भारतीय ओपनर रोहित शर्मा टि२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन् । मैदानको जुनसुकै भागमा सजिलै छक्का प्रहार गर्ने रोहितले १ सय इनिङमा १ सय २७ छक्का प्रहार गर्दै शीर्ष स्थानमा रहेका छन् । रोहितले ४ शतक र २१ अर्ध शतक सहित कुल २७ सय ७३ रन जोडेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्