सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ परीक्षण उपकरण जडान


 


धनगढी,चैत १९

सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ को थ्रोट स्वाबको परीक्षण गर्ने उपकरण जडान गरिएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर जडान गरिएपनि परीक्षण भने तत्काल नहुने भएको छ।

सकेसम्म बिहिवार साँझ नभए शुक्रवार बिहानदेखि उपकरण सञ्चालनमा आउने अस्पताल स्रोतले बताएको छ।

परीक्षणबाट स्वाब टेस्ट गरिएका व्यक्ति संक्रमित भएरनभएको दुईदेखि तीन घण्टामा पुष्टि हुनेछ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्