कञ्चनपुरमा आईतबार देखि २ घण्टाका लागि बैंक खोल्न पाईने


 


कञ्चनपुर ,चैत २०

कञ्चनपुरमा रहेका बैंकहरु २ घण्टाका लागि खोल्न दिईने भएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले २ घण्टाका लागि बैंक खोल्न दिने निर्णय गरेको हो ।

बैठकले आईतबार देखि लागु हुने गरी बिहान ११ बजेदेखि दिनको १ बजे सम्म बैंक खोल्ने अनुमति दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

भीड नगर्ने, सामाजिक दुरी कायम गर्ने र स्यानिटाईजरको व्यवस्था गर्ने शर्तमा बैंक खोल्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्