धनगढीमा कोरोनाको नमुना परीक्षण सुरु


 


धनगढी, चैत्र २० ।
सेती प्रादेशिक अस्पताल धनगढीबाट कोभिड-१९ को प्रयोगशाला जाँच सेवा आजबाट सुरु भएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटी पीसीआर आज जडानकार्य पुरा भएसंग आज साँझदेखि परीक्षण शुरु भएको हो ।

अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बिहीवार साझबाट कोभिड-१९ को प्रयोगशाला जाँच शुरु भएको बताए ।

उनले एउटा नमुनाको रिपोर्ट आउन एक घण्टा १० मिनेट लाग्ने बताए ।प्रयोगशाला नभएका कारण आजसम्म थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौं पठाउने गरिएको थियो ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्