प्रदेश ५ बाट ७३ जनाको स्वाव परीक्षण


 


काठमाडौं,चैत २१

प्रदेश ५ बाट कोराना भाइरस (कोभिड-१९)को आशंकामा ७३ जनाको स्वाव परीक्षण गरिएको छ। जसमध्ये ७१ जनामा कोरोना नेगेटिभ देखिएको छ।

प्रदेशका विभिन्‍न अस्पतालमा आएका रुघाखोकी, उच्च ज्वार र श्वासप्रश्वासमा समस्या आएका बिरामीको कोभिड थ्रोट स्वाव परीक्षण गर्ने गरिएको छ। प्रदेशका लागि कोभिड परीक्षण गर्ने मेशिन आएको भएपनि प्रयोगशाला भने सुरु भइसकेको छैन। जसका कारण राष्ट्रिय प्रयोगशाला काठमाडौंमा स्वाव संकलन गरेर पठाउने गरिएको छ।

७३ जनामध्ये २ जनाको मात्रै रिर्पोट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। उनका अनुसार प्रदेशभरिमा सबैभन्दा बढी रुपन्देहीबाट स्वाव परीक्षण गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल उपमहानगरपालिकाद्वारा स्थापना गरिएको कोराना विशेष अस्पतालबाट २८ जनाको स्वाव परीक्षण गरिएको छ। यसमध्ये २६ जनाको नेगेटिभ रिर्पोट आएको छ। यसैगरि भेरी अस्पताल नेपालगञ्जबाट २३ जनाको कोराना पुष्टिका लागि स्वाव परीक्षण गरिएको छ। २३ जनाकै रिर्पोट नेगेटिभ आएको छ।

यस्तै केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुन्डीबाट ११ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५ जना, नेपालगञ्ज मेडिकल कलेजबाट २ जना, बर्दिया अस्पताल गुलरियाबा ३ र भिम अस्पताल भैरहवाबाट एक जनाको स्वाव परीक्षण गरिएको छ। यी सबै अस्पतालमा परीक्षण गरिएका सबैमा कोराना नदेखिएको अर्थात नेगेटिभ रिर्पोट आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश ५ का विभिन्‍न अस्पतालमा अहिलसम्म १ सय १३ जनालाई कोराना आशंकामा उपचार गरिएको छ। यसमध्ये ८ जनालाई भने आशंकित बिरामीको उपचार भइरहेको छ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्