महामारीमा के गर्दैछन् रोनाल्डो


 


पोर्चुगल, चैत २२ एजेन्सी

युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् ।

तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका पूर्व स्टार ३५ वर्षे रोनाल्डोले टपलेस र आँखा चिम्म गरेको फोटो इन्स्टाग्राममा पोष्ट गरका छन् ।

जसमा उनले लेखेका छन्, ‘स्वास बाहिर, स्वास बाहिर । सक्रिय रहौं ।’ जसमा ह्यासट्याग ‘स्टे होम सेभ लाइभ्स’ रहेको छ । केहि दिन अघि उनले आमा अस्पतालबाट फर्केपछि आमा र बहिनीहरुको साथको फोटो पोष्ट गरेका थिए ।

युभेन्टस इटालियन लिगको शीर्षस्थानमा रहेपनि कोरोनाका कारण लिग स्थगित भएपछि हाल टोली विश्राममा छ । अब लिग पुनस् सुचारु हुने नहुने अन्यौल रहेको अवस्थामा क्लबहरुले प्रशिक्षण सुचारु गर्न सकेका छैनन् । सबै खेलाडी व्यक्तिगत रुपमै फिटनेस प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्