मेस्सी अर्थात सधैं अगाडि


 


काठमाडौं, चैत २५ एजेृन्सी

अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी फुटबल इतिहासकै उकृष्ट खेलाडी मध्ये एक हुन् भन्ने चर्चा गरिन्छ ।

खेल जीवनमा प्राप्त गरेका सफलता र उनको खेल कौशलकै कारण उनलाई उत्कृष्ट खेलाडीको रुपमा हेरिएको छ । विश्व फुटबलका सबै भन्दा ठूलो व्यक्तिगत अवार्ड बालोन डी ओर मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् ।

३२ वर्षे फरवार्डले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनले सबै खाले प्रतियोगितामा ३१ खेल खेल्ने क्रममा २४ गोल गर्नुका साथै १६ गोलमा एसिस्ट गरेका छन् । उनकै उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोना स्थगित हुँदाको अवस्थामा ला लिगाको शीर्षस्थानमा रहेको छ । त्यस्तै च्याम्पियन्स लिगमा पनि टोलीले दाबेदारी प्रस्तुत गरिरहेको छ ।

यो सिजन २४ गोल गर्ने क्रममा मेस्सीले ८ खेल पेनाल्टी बक्स बाहिरबाट गरेका छन् । जुन युरोपका शीर्ष ५ लिगका कुनै पनि क्लबले गरेको भन्दा बढी हो । मेस्सी पछि पेनाल्टी बक्स बाहिरबाट गोल गर्ने टोलीमा चेल्सी र म्याचेस्टर युनाइटेड संयुक्त रुपमा दोस्रो नम्बरमा रहेका छन् । दुवै टोलीले समान ७ गोल गरेका छन् । त्यस्तै लिभरपुल र रियल म्याड्रिडले समान ६ गोल गरेका छन् ।

कोरोना भाइरस कोभिड १९ का कारण लिग स्थगित नभएको भए मेस्सीको त्यो आँकडा अझै बढी हुन सक्थ्यो । तर विश्वव्यापी रुपमा कोरानाले महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । कोरोना नियन्त्रणमा आइनसकेकोले लिग कहिलेबाट सुरु हुने भन्ने अवस्था छैन ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्