‘लकडाउन’मा भारतबाट कति खाद्यान्न आयात भयाे?


 


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि भारतबाट ३७ हजार मेट्रिक टन बढी खाद्यान्न आयत भएको छ।

लकडाउनपछि भारतबाट खाद्यान्न आयात नहुने हल्लाले धेरैलाई पिरोलिरहेका बेला कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी)ले आयातको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

गठन भएपछि पहिलो पटक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सीसीएमसीले भारतबाट खाद्यान्न, दाल, फलफूल, दुग्धजन्य पदार्थ र खाना पकाउने ग्यास आयातका लागि व्यवस्थापन भइरहेको जानकारी गराएको छ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्