गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित



काठमाडौँ, ५ असार । गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ अन्तर्गत विकास बैंक समूहको ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौँस्थित होटल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समिटको १८औँ संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

अवार्ड वितरण कार्यक्रममा विशेष अतिथि तथा हरी ढकाल ले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यावसायिक सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैंकले उक्त सम्मानलाई ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासको प्रतिफल भएको जनाएको छ। साथै, सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि गरिमा विकास बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को १०औँ संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो।

हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा विभिन्न डिजिटल बैंकिङ सेवामार्फत करिब नौ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्