एनसेल–ट्रिप टर्बो सहकार्य : यात्रा र साहसिक गतिविधिमा रु ८ हजारसम्म छुट



काठमाडौँ, ५ असार । दूरसञ्चार सेवा प्रदायक एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बो बीच सहकार्य भएको छ । यससँगै एनसेलका ग्राहकले बस तथा हवाई टिकट बुकिङदेखि विभिन्न साहसिक गतिविधिमा रु ८ हजारसम्म छुट प्राप्त गर्ने भएका छन्।

दुवै कम्पनीबीच भएको साझेदारीअनुसार रु ९९ वा सोभन्दा बढी मूल्यका प्याक खरिद गर्ने एनसेल ग्राहकले एनसेल एपमार्फत बस टिकट, आन्तरिक हवाई यात्रा तथा विभिन्न मनोरञ्जनात्मक र साहसिक गतिविधिमा विशेष छुट पाउनेछन्।

सहकार्यअन्तर्गत ग्राहकले विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम रु ८ हजारसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस्तै, पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा रु २०० र त्यसपछिका प्रत्येक उडानमा रु १४० छुट उपलब्ध हुनेछ। बस टिकट बुकिङमा रु १११ छुट प्रदान गरिने जनाइएको छ।

यी सुविधा प्राप्त गर्न ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सन प्रयोग गर्न सक्नेछन्। उक्त प्लेटफर्ममार्फत यात्रा तथा अन्य गतिविधिसम्बन्धी सेवामा सहज पहुँच र छुटको सुविधा उपलब्ध हुनेछ।

सहकार्यबारे प्रतिक्रिया दिँदै एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कम्पनीले ग्राहकलाई कनेक्टिभिटीसँगै यात्रा र जीवनशैलीसँग सम्बन्धित थप सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले यस सहकार्यले ग्राहकको यात्रा अनुभवलाई थप सहज, किफायती र लाभदायी बनाउने विश्वास व्यक्त गरे।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकता अनुसारका यात्रा सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार यो सहकार्य डिजिटल जीवनशैली सेवाको विस्तार गर्दै ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा थप मूल्य र सुविधा प्रदान गर्ने रणनीतिक पहलको हिस्सा हो।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्